समृद्ध वडा निर्माणमा लाग्नेछु : कृष्णराज बराल

  • प्रकाशित मिति : २०७९ बैशाख २४, शनिबार
  • नेपाल टेल संवाददाता

इलाम। कृष्णराज बराल इलाम देउमाई नगरपालिकामा राजनिति क्षेत्रमा एक संघर्षशिल नाम हो । जो लामो समयदेखी पार्टीमा इमान्दार खट्ने ब्यक्तिको सुचीमा पर्दछन् ।

बिभिन्न समय र परिस्थितीमा पार्टीबाट तोकिएका र खटाइएका कामहरुमा जिम्मेवार पूर्ण ढंगले लागेका उनी पछिल्लो समय देउमाई नगरपालिका वडा नम्वर चारमा वडाअध्यक्ष पदमा उम्मेद्धारी मनोनयन दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन् । उनी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस पार्टीबाट टिकट लिएर चुनावी मैदानमा होमिएका हुन् ।
लामो समयसम्म समाजका काममा नै खटेका उनी आफ्नो यस यात्रासम्म आउनको लागि निकै कष्ट र बेदना सहेर मात्र समयले यहासम्म ल्याएको बताउँछन् ।



२०४२ सालको सत्याग्रह आन्दोलनमा नेपाल विद्यार्थी संघ भानुभक्त माद्यमिक विद्यालयको तर्फबाट भागलिएका उनी सो सँगै राजनीतिमा प्रवेश गरेका हुन् । एक वर्ष पछि अर्थात २०४३ सालमा सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भएको स्ववियुको निर्वाचनमा सक्रियताका साथ भाग लिएका उनी नेतृत्व प्रति अझै आशावादी भएर समाज सेवामा लागेका हुन् ।

२०४६ सालको प्रथम जन आन्दोलनमा जिल्ला व्यापीरुपमा सहभागी भएका बराल २०४७ देखि नेवि संघ र नेपाल तरुण दल साथै नेपाली कांग्रेसको संगठन विस्तारमा निरन्तर लागि रहेका छन् ।
२०४८ सालबाट पार्टीको क्रियाशील सदस्यको हैसियतले नेपाली कांग्रेस पार्टीका सबै प्रकारका गतिविधिमा निरन्तर लागिरहेको उनको भनाई छ ।

२०४९ सालदेखि हालसम्म सबै तहका निर्वाचनमा पार्टीका आधिकारीक उम्मेद्धारलाई विजय गराएका बराल समाज सेवाका काममा उत्तिकै सक्रिय छन् । २०५६ देखि पार्टी क्षेत्रीयप्रतिनीधि रहँदै नेपाली कांग्रेस मंगलबारेको सचिव, सभापति दुवै क्षेत्रीय सचिवको रुपमा काम गर्दै अघि बढिरहेका छन् । उनी राज्य पुनरसंरचनापछि भएको देउमाई नगरपालिकाको प्रथम नगर सभापति समेत भइसकेका छन् । नेवि संघ, नपाल तरुण दलको क्षेत्रीय सयोंजक हँुदै जिल्ला सदस्य र नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत छन् । नेपाल शिक्षक सघंको जिल्ला सदस्यको समेत जिम्मेवारी पाएका उनी हाल शिक्षण पेशामा नभएपछि त्यहा समेत सफल कार्यकाल बिताइसकेका ब्यक्ति हुन् ।

समाजमा रहेका हरेक समस्या समाधानमा अगाडी आएर जिम्मेवार र सहि निर्णय लिनसक्ने खुवी भएका उनी पार्टीको तर्फबाट मात्र भन्दा सबैको साझा ब्यक्तिका रुपमा अगाडी आउन लागि रहेका छन् । उनले आउने बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो र गठबन्धनका उम्मेद्धारहरुलाई मतदान गरेर बिजय गराउन अपिल समेत गरेका छन् । जनताको पिडामा दुख बाड्न र सुखमा खुसी बाँड्न उत्तिकै लागि पर्ने बराल जनता समक्ष अझ वढि काम गर्ने प्रतिवद्धता सहित आएको बताउने गरेका छन् । वडालाई समृद्ध बनाउने खाका सहित आएको उनको दावी छ ।

कृषि, शिक्षा, पर्यटन, सडक र युवा रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने सोच रहेको बताउने उनी बालबालिका र बृद्धको लागि समेत बिशेष कार्यक्रम ल्याउने सोचमा छन् ।