पाँचथरमा कुन स्थानीय तहमा कति मत खस्याे ?

  • प्रकाशित मिति : २०७९ बैशाख ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

पाँचथर। १ लाख ४० हजार २ सय २४ मतदाता रहेको पाँचथरमा स्थानीय तह सदस्य निर्वाचनमा ८६ हजार ७ सय ३१ मत खसेको छ ।

आठ स्थानीय तहका ६० वटा वार्डमा रहेका १ सय १ मतदान स्थलका १ सय ७६ मतदान केन्द्रमा मतदान भएको थियो ।



प्रतिशतका आधारमा सबैभन्दा धेरै फिदिम नगरपालीकामा ६४ दशमलव २३ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मत भने कुम्मायक गाँउपालीकामा खसेको छ । यहाँ ५६ प्रतिशत मत खसेको छ ।