२०७४ सालमा बुवासँग हारेका भट्टराईले अहिले छोरालाई जिते

  • प्रकाशित मिति : २०७९ जेष्ठ १, आईतवार
  • नेपाल टेल

पाँचथर । २०७४ सालको स्थानयि तहको निर्वाचनमा नेपाली कांग्रेसका स्वर्गीय हर्क मोक्तानका उपविजेता रहेका नेकपा एमालेका गजाधर भट्टराई यसपटकको स्थानीय तहको निर्वाचनमा उनकै छोरा सन्ताेष मोक्तानलाइ हराउदै विजयी भएका छन् ।

फिदिम नगरपालिका वार्ड नम्बर १ मा गठबन्धनलाई पछी पार्दै नेकपा एमालेका गजाधर भट्टराई सहित प्यानलनै जीतेको छ । १ नम्बर वार्डको जम्मा मत संख्या २ हजार ४ सय ८३ रहेको छ ।



नेकपा एमालेका भट्टराईले १ हजार ७१ मत प्राप्त गरेका छन् भने उनका नकिटतम प्रतद्विन्दी कांग्रेसका सन्ताेष मोक्तानले ७ सय २३ मत प्राप्त गरेका हुन् ।