मतगणना जारी रहँदा देशैभर धाँधली भयो भन्दै एमालेले गर्यो पुनः मतदानको माग

  • प्रकाशित मिति : २०७९ जेष्ठ १, आईतवार
  • nepaltale.com

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएको छ।

एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धले धाँधली गरेको आरोप लगाएका हुन्।

‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पूरै बेवास्ता गरी जसरी पनि जित्नका लागि धाँधलीको सहारा लिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्छौं।’