मोरङको रंगेलीमा १८ घण्टादेखि मतगणना हुन सकेन

  • प्रकाशित मिति : २०७९ जेष्ठ १, आईतवार
  • नेपाल टेल

काठमाडौं। मोरङको रंगेलीमा १८ घण्टादेखि मतगणना हुन सकेको छैन । शनिबार राति ११ बजेदेखि मतगणना रोकिएको हो । मतगणनाका क्रममा हुलहुज्जत भएको र मतपेटिका फोडिएको अवस्थामा फेला परेको भन्दै एमाले बाहेकका दलले गणना नगर्न दबाब दिएका थिए । राती काँग्रेससहितका राजनीतिक दलका कार्यकर्ताले मतगणनास्थल रंगेलीको जनता क्याम्पस परिसरमा प्रदर्शन पनि गरेका थिए ।

वडा नम्बर ८ को मतपेटिका फोडिएको अवस्थामा फेला परेको र स्वतन्त्र उमेदवारको नाममा एमालेले धेरै प्रतिनिधि राखेको भन्दै गठबन्धनले गणना स्वीकार गर्न नसकिने जनाएको हो । स्थानीय प्रशासनले भने मतगणना सूचारु गराउन पहल गरिरहेको जनाएको छ ।