एमालेको किल्ला माछापुच्छ्रेमा काँग्रेस विजयी

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • नेपाल टेल संवाददाता

पोखरा। नेकपा एमालेको किल्ला मानिएको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ । अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतले पछि पार्दै नेपाली काँग्रेसका मिन बहादुर गुरुङले जितेका छन् ।

उपप्रमुखमा पनि काँग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पराजित गरेकी हुन् । सीता अधिकारीले ६ हजार ३७६ मत पाउँदा सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । सोही पदमा नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् ।



गाउँपालिकाको ९ वडामध्ये ७ वटा वडामा काँग्रेसले र २ वडामा एमालेले जित हासिल गरेको छ ।