काठमाडौं। स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान २ बजेसम्ममा ५८ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
नतिजा सार्वजनिक भएकामध्य नेकपा एमाले २०, नेपाली कांग्रेस २०, नेकपा (माओवादी केन्द्र)ले १६ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् ।
उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले २७, एमाले १७, माओवादी ११, एकीकृत समाजवादी ३, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।