यी हुन् अहिलेसम्म नेकपा एमाले विजयी भएका पालिका र जनप्रतिनिधिहरु (सूचीसहित)

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • nepaltale.com

काठमाडौं । अहिलेसम्म ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले २८, नेपाली कांग्रेस २५, नेकपा माओवादी केन्द्रले २१ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् ।

उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३६, एमाले २१, माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।

मतगणना जारी स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले सबभन्दा बढी २६८, एमाले १६७, माओवादी केन्द्र ९५ र एकीकृत समाजवादीले १७ स्थानमा अग्रता लिएका छन् । यस्तै जसपा २८, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता लिइरहेका छन् ।

नेकपा एमाले विजयी भएका पालिका अन्तर्गत मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले, मनाङको चामे गाउँपालिकामा अध्यक्ष लोकेन्द्रबहादुर घले, मुस्ताङको लो(घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङमा छोम्पेल विष्ट विजयी भएका छन् ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा रिङजिन नामगेल गुरूङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्षमा टसी न्वर्वु गुरूङ,डोल्पाको से फोक्सुण्डो गाउँपालिका अध्यक्षमा धावा सम्डुङ गुरुङ,सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा मिङ्मा छिरि शेर्पा, बझाङको साइपाल गाउँपालिका अध्यक्षमा मानबहादुर बोहोरा विजयी भएका छन् ।

नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा प्रकाश ओझा विजयी भएका छन् भने बझाङको थलारा गाउँपालिकास् अध्यक्ष प्रकाश रोकाया विजयी भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा प्रदिप गौचन विजयी भएका छन् भने म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा वेगप्रसाद गर्वुजा विजयी भएका छन् ।

यस्तै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका अध्यक्षमा यादवबहादुर खापुङ विजयी भएका छन् भने दार्चुलाको महाकाली नगरपालिकामा मेयर नरसिंह चैसिर विजयी भएका छन् । स्याङजाको हरीनास गाउँपालिका अध्यक्षमा खिमनारायण मानन्धर र बैतडीको पन्चेश्वर गाउँपालिका गोरखबहादुर चन्द विजयी भएका छन् ।

दैलेखको गुराँस गाउँपालिका अध्यक्षमा टोपबहादुर वि।सी र नवलपुरको बुलिङटार गाउँपालिका अध्यक्षमा दीपेन्द्र सुनारी विजयी भएका हुन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा कैसाङ नुर्पू तामाङ र इलामको माङसेबुङ गाउँपालिकाअध्यक्ष हेमन्त राई विजयी भएका छन्

तेह्रथुमको छथर गाउँपालिका अध्यक्षमा सन्तवीर लिम्बू र मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा हिदम लामा विजयी भएका छन् । डोटीको जोयारल गाउँपालिका अध्यक्षमा दुर्गादत्त ओझा र भोजपुरको हतुवागढी गाउँपालिका अध्यक्षमा प्रेमकुमार राई निर्वाचित भएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा प्रेम श्रेष्ठ, मकवानपुरको इन्द्र सरोवर गाउँपालिका अध्यक्षमा देवकृष्ण पुडासैनी शर्मा, पाल्पा पूर्वखोला गाउँपालिका अध्यक्षमा नुनबहादुर थापा, तेह्रथुमको म्याङलुङ नगरपालिका मेयरमा सन्जयकुमार तुम्बाहाङ्फे निर्वाचित भएका छन् ।