कुन दलले कति वडाध्यक्ष जिते ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • नेपाल टेल

काठमाडौं। सत्तासीन नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा एक हजारभन्दा बढी वडाध्यक्ष जितेको छ । काँग्रेसले एक हजारभन्दा बढी वडा अध्यक्षमा जितेको निर्वाचन आयोग जनाएको छ । आयोगले सार्वजनिक गरेको सोमबार दिउँसो १ बजेसम्मको परिणामअनुसार काँग्रेस १ हजार ३२ वडामा विजय भएको छ । काँग्रेसले १ सय ४ वडामा अग्रता लिइरहेको छ ।

निर्वाचन आयोगका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले अहिलेसम्म ७ सय ९९ वडाध्यक्षका उम्मेदवार विजय भएका छन् । एमालेका १०५ वडा अध्यक्ष उम्मेदवारले अग्रता लिइरहेका छन् । नेकपा (माओवादी केन्द्र) ले ४ सय ५३ वडाध्यक्ष जितेको छ । माओवादीका उम्मेदवारले ४० वडाध्यक्ष अग्रता लिइरहेका छन् ।

एकीकृत समाजवादीका ६२ वडाध्यक्ष उम्मेदवारले जित हासिल गरेका छन् । ६ वडामा एकीकृत समाजवादीले अग्रता लिइरहेका छ । अन्य राजनीतिक दल र स्वतन्त्र गरी १ सय ६३ वडाध्यक्षले जित हासिल गरेका छन् भने ४६ जनाले अग्रता लिइरहेका छन् ।