भरतपुरको १४०३० मतपत्र गणना सकियो, विजय नै अगाडि

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • नेपाल टेल

काठमाडौं। भरतपुर महानगरपालिकामा १४०३० मतपत्र गणना सकिएको छ । प्राप्त मत परिणामअनुसार मेयर पदमा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् ।

विजय सुवेदीले ४७५७ मत पाउँदा माओवादी केन्द्रकी रेनु दाहालले ४७०३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत पाएका छन्।

उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारी ले ५५९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३७८९ मत पाएकी छन् ।