३ सय १६ पालिकाको मतपरिणाम सार्वजनिक, कुन दलको अवस्था कस्तो ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ ३, मंगलवार
  • नेपाल टेल

काठमाडौं। बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हालसम्म ३१६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

दिउँसो ३ बजेसम्म प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसले १ सय ४० स्थानको प्रमुखमा जित हात पारेको छ । यस्तै १ सय ७० स्थानमा अग्रता लिइरहेको छ । यस्तै नेकपा एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । एमालेले अहिलेसम्म ९१ पालिका प्रमुखमा जित निकालेको छ भने ९७ पालिकामा प्रमुख पदमा अग्रता लिइरहेको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ७० पालिका प्रमुखमा जित निकालेको छ भने ४७ स्थानीय तहको प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै ८ पालिकामा अनय दलका उम्मेदवारहरुले जितेका छन् । भने २४ स्थानमा उनिहरुले अग्रता बनाइरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले ४ पालिकाको प्रमुखमा जित निकालेको छ भने १५ स्थानीय तह प्रमुखमा अग्रता लिइरहेको छ । जनता समाजवादी पार्टी, नेपालले ३ पालिका प्रमुखमा विजयी भएको छ भने ३० पालिकामा अग्रता बनाइरहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले कुनै पालिकामा जित निकाल्न सकेको छैन भने मतगणना जारी रहेका ११ पालिकामा अग्रता लिइरहेको छ ।