ज्वाइँलाई हराएर जेठान मेयर बन्दै ….

  • प्रकाशित मिति : २०७९ जेष्ठ ३, मंगलवार
  • नेपाल टेल

काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् ।

मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वडा छन् । अहिलेसम्म सात वटा वडाको मतगणा सकिसकेको छ । अब वडा नम्बर ८ र ९ गरी दुई वटा मात्रै वडाको मतगणणा बाँंकी छ । यो दुई वटा वडामा पाँंच हजार सात सय मत खसेको छ। यो दुवै वडामा एमाले बलियो मानिँदैन । यसअघि यहाँ नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको थियो । यही कारण कांग्रेसको मेयर सुरेन्द्र विजयी नजिक पुगेको हो ।

सुरेन्द्रलाई पछ्याउँंदै गएका एमालेका मदनसुन्दर श्रेष्ठ निवर्तमान मेयर हुन् । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको गठबन्धनबाट यसअघिको स्थानीय निकायको निर्वाचनमा उनी भारी मतले मेयरमा विजयी भएका थिए ।