कांग्रेस सभापतिको वडामै कांग्रेस हार्याे, राप्रपाका होमराज बिजयी

  • प्रकाशित मिति : २०७९ जेष्ठ ३, मंगलवार
  • नेपाल टेल

पाँचथर । नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगुको वडा फिदिम नगरपालिका १० मा कांग्रेसको उम्मेद्धारलाई हराउदै

राप्रपाका होमराज थाम्सुहाङ बिजयी बनेका छन् । निवर्तमान वडाध्यक्ष नेपाली काँग्रेसकी बिरहाङ्मा थाम्सुहाङलार्ई ५८ मतले पराजित गर्दै होमराज निर्बाचित भएका हुन ।

होमराजले ६१९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी बिरहाङ्माले ५६१ मत प्राप्त गरेकी हुन् ।