काठमाडौं। भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।
सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा साझा उम्मेवार नेकपा माओवादी केन्द्रकी दाहालले ९ हजार २४६ मत प्राप्त गर्दा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार ९९४ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मदवार जगन्नाथ पौडेलले ३ हजार ९०४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १० हजार ९८९ मत प्राप्त गरेका छन् । उनलाई राप्रपा उम्मेदवार हिमला गुरुङले ६ हजार ८४० मतका साथ पछ्याइरहेका छन् ।
भरतपुर महानगरको मतगणना सुस्त गतिमा भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै एक साता लाग्ने देखिन्छ।