राप्रपाको दोस्रो जित, हल्दिबारीमा राप्रपा विजयी

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहमा दोस्रो पालिकामा जित निकालेको छ ।

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुख जितेको राप्रपाले झापाको हल्दिबारी गाउँपालिका प्रुमख पनि जितेको हो । पालिका अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङदेन ६ हजार ८५६ मतका साथ विजयी भएका हुन् ।



उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६६६ मत पाए । यस्तै नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २ हजार ७५८ मत पाए भने, माओवादी केन्द्रका भवानी प्रसाद दंगालले ११४९ मत पाए ।

यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली ५ हजार ७८ मतका साथ विजयी भइन् । एमालेकी शान्तादेवि गौतमले ४ हजार १०६ मत पाइन् ।

स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३ हजार ७०० मत पाए ।