पाँचथरकाे जिल्ला नेतृत्व आफ्नै वडामा पार्टीलाई जिताउन असफल

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल संवाददाता

पाँचथर। पाँचथरमा कांग्रेस र एमालेका जिल्ला नेतृत्वले आफ्नै वडाबाट पार्टीका उम्मेद्वार पराजित भएका छन ।

कांग्रेसका सभापति रुपनारायण जवेगूको वडामा वडाध्यक्षका उम्मेद्वार बीरहाङमा थाम्सुहाङ पराजित भइन् भने एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारीको गृह वडा फिदिम ५ मा एमालेबाट वडाध्यक्षका उम्मेद्वार सन्तोष तुम्वापो पराजित भए ।



निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी बिरहाङ्मा थाम्सुहाङलाई ५८ मतले पराजित गर्दै राप्रपाका ओमराज थाम्सुहाङ निर्बाचित भएका हुन् ।

ओमराजले ६ सय ३२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी बिरहाङ्माले ५ सय ७४ मत प्राप्त गरेकी हुन् । बिरहाङ्मा निबर्तमान बडाध्यक्ष समेत हुन् । यो वडालाई कांग्रेसको पकडको रुपमा लिईन्थ्यो ।

यस्तै फिदिम ५ मा २०७४ सालको उप निर्वाचनमा एमालेका लिलाराज तुम्वापो विजयी भएका थिए । सो वडामा यसपटक कांग्रेसका भरत तुम्वापो निर्वाचित भएका छन ।

यस्तै माओवादी केन्द्रका नेता तथा १ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोको वडामा माओवादी कांग्रेस गठवन्धन पराजित भएको छ । यहाँ गठवन्धनलाई हराउँदै एमालेका राजेन्द्र थापा वडाध्यक्षमा निर्वाचित भए ।

उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष कमल जवेगुको वडा फालेलुमङ १ मा स्वतन्त्र उम्मेद्वार अनिश गुरागाईले एकीकृत समाजवादीका उम्मेद्वार श्री जवेगुलाई पराजित गरेका छन् ।