इलाममा ३० वर्षपछि कांग्रेसले विरासत फर्कायो, नगरप्रमुख बने थापा

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल संवाददाता

इलाम । इलाम नगरपालिकामा नेपालका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका छन् ।

उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् ।



मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् ।

२०४९ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । ३० वर्षपछि कांग्रेसले विरासत फर्काएको हो ।