४१५ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कस्को अग्रता ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार बिहान सावा सात बजेसम्म ४१५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मत परिणाम अनुसार कांग्रेसले अग्रता लिइरहेको छ । पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म १९० पालिकामा जित हासिल गरेको छ । र, कांग्रेसले १२६ पालिकामा अग्रता लिइरहेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ११८ पालिकामा जितेको छ । यसका साथै उसले ७९ पालिकामा डिल गरिरहेको छ ।

पालिका चुनावको अहिलेसम्मको मतपरिणाममा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्र अहिलेसम्म ८३ पालिकामा विजयी भइसकेको छ । अहिलेसम्म माओवादीले ३२ स्थानीय तहमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले ७ पालिकामा जित हासिल गरेको छ। उसले १५ पालिकामा अग्रता लिइरहेको छ ।यस्तै जनता समाजवादी पार्टीले ५ स्थानीय तहमा जित हासिल गर्नुका साथै २९ स्थानीय तहमा अग्रता कायम गरेको छ । लोकतान्त्रिक समाजवादी भने १० स्थानमा लिड गरिरहेको छ ।

स्वतन्त्रलगायत अन्यले १२ स्थानमा जित हासिल गरिसकेका छन् । यस्तै १५ स्थानमा अन्यले अग्रता लिइरहेका छन् ।