काठमाडौं। स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिलेसम्म ४७१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । दिउँसो साँढे ३ बजेसम्म प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले २१२ पालिका प्रमुखमा विजयी भएको छ । यस्तै कांग्रेसले हालसम्म २०६ पालिकाको उपप्रमुख जितेको छ ।
यता कांग्रेसलाई पछ्याईरहेको नेकपा एमालेले १३३ पालिका प्रमुखमा विजयी भएको छ भने १३७ पालिकाको उपप्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले ९४ स्थानमा पालिका प्रमुख जितेको छ भने ९८ पालिकामा उपप्रमुख जितेको छ ।
यस्तै जनता समाजवादी पार्टी नेपालले ८ स्थानीय तहको प्रमुख र ८ स्थानीय तहमा उपप्रमुख जितेको छ । यस्तै नेकपा एसले ८ पालिकामा प्रमुख र १५ पालिकामा उपप्रमुख जितेको छ ।
यस्तै लोकतान्त्रीक समाजवादी पार्टीले हालसम्म कुनै पालिकामा जित्न सकेको छैन । यस्तै स्वतन्त्र र अन्य दलका उम्मेदवारहरुले १६ पालिकामा जित निकालेका छन् भने ६ पालिकामा उपप्रमुख जितेको छ ।