सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नांगेल जाङबु शेर्पा निर्वाचित भएका छन् ।
शेर्पाले ४ हजार ८६८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पाले ४ हजार २९० मत पाए । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ङिमा तेण्डुप शेर्पाले १ हजार १८७ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा कांग्रेसकै गान्धीमाया तामाङ निर्वाचित भएकी छिन् । उनले ४ हजार ३८५ मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेकी मोहनकुमारी कार्कीले ४ हजार २७३ मत पाइन् । माओवादी केन्द्रकी शारदामाया तामाङले १ हजार ८९ मत प्राप्त गरिन् ।
नांगेल जाङबु शेर्पा दोस्रो कार्यकालको लागि मेयरमा निर्वाचित भएका हुन् ।