महानगर प्रमुखमा कांग्रेसका महर्जनको अग्रता कायम

  • प्रकाशित मिति : २०७९ जेष्ठ ४, बुधबार
  • नेपाल टेल

काठमाडौं। ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ।

पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १४ हजार २८५ र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले सात हजार १२९ मत पाएका छन्। उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले सात हजार ३७७ मत र नेकपा (माओवादी)का बाबुराजा बज्राचार्यले चार हजार ७७५ मत पाएका छ्न।

आठ वडाको वडाध्यक्षमा नेपाली चार कांग्रेस, दुई नेकपा (एकीकृत समाजवादी) एक एमाले र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। हाल वडा नं ९, १० र ११ को गणना जारी रहेको छ । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म आठ वडाको मात्रै परिणाम आएको छ। शुक्रबार मतदान भएकामा शनिबारबाट मतगणना सुरु भएको थियो।

सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ।