काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ५ सय ७० पालिकाको नजिता सार्वजनिक भएको छ । सार्वजनिक भएका परिणाम अनुसार २५३ पालिका प्रमुख जितेर कांग्रेस पहिलो बनेको छ ।
यस्तै मत गणना जारी रहेका ठाँउमा पनि कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसले ६७ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै नेकपा एमालेले १६४ पालिका प्रमुखमा जित निकालेको छ ।
यस्तै मतगणना भइरहेका ३५ पालिकामा एमालेले अग्रता लिएका छन् । यता माओवादी केन्द्रले २०७४ को निर्वाचनभन्दा सुधार गरेको छ । माओवादी केन्द्रले १०५ ठाँउको पालिकामा प्रमुख जितेको छ भने १३ ठाउँमा अग्रता लिइरहेको छ ।
यस्तै स्वतन्त्र र अन्य साना दलका उम्मेदवार १९ पालिका प्रमुखमा विजयी भएका छन् । जनता समाजवादी पार्टीले १५ पालिकामा जित निकालेको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) पार्टीले १२ पालिकामा जित निकालेको छ । भने मतगणना भइरहेका ७ पालिकामा अग्रता लिएको छ । यता लोकतान्त्रीक समाजवादी पार्टीले २ पालिका प्रमुख जितेको छ भने १० पालिकामा अग्रता लिइरहेको छ ।