यौन दुर्व्यवहारको घटनामा आफ्नो नाम जोडिएकोप्रति फोटो पत्रकार पौडेलको आपत्ति

  • प्रकाशित मिति : २०७९ जेष्ठ ५, बिहीबार
  • nepaltale.com

काठमाडौं । एक ब्युटी प्याजेन्टका क्रममा एक युवतीले आफूमाथि यौन दुर्व्यवहार भएको दाबीसहित सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा आफूहरूको नाम जोडिएकोप्रति फोटो पत्रकार श्रीधर पौडेलले आपत्ति जनाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्। उनले फेसबुकमा आफूले ‘मनोज पाण्डेको आग्रहमा ती युवतीको फोटोसुट गरेको र पारिश्रमिक लिएको’ बताएका छन्।

उनले अलनाइनखबरको स्टुडियोमा लगेर फोटो सुट गराएको र सो वापतको पारिश्रमिक ५ हजार लिएको बताएका छन्।