गगन थापाको वडामा कांग्रेसको प्यानल दोब्बर बढि मतले विजयी

  • प्रकाशित मिति : २०७९ जेष्ठ ६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको वडामा कांग्रेस विजयी भएको छ।

काठमाडौं महानगरपालिका वडा नं. ३० को अन्ति मतपरिणाम अनुसार कांग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा दलबहादुर कार्की निर्वाचित भएका छन् ।



उनले २०६१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार अशोककुमार थापाले ५२१ मत पाएका छन्।

वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।