६९५ पालिको नतिजा सार्वजनिक, कुन दलले जिते कति पालिका ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ ७, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत शनिबार बिहानसम्म ६९५ पालिकाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएका परिणाम अनुसार सबैभन्दा बढि पालिका प्रमुख जितेर कांग्रेस पहिलो बनेको छ ।

यस्तै मतगणना जारी रहेका ठाँउमा पनि कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसले ३०७ पालिका जितेको छ । त्यसमध्ये १२३ नगर प्रमुख जितेको छ भने १८४ गाउँपालिका अध्यक्ष जितेको छ ।



यस्तै नेकपा एमालेले १८८ पालिका प्रमुखमा जित निकालेको छ । नगरपालिकाको प्रमुखमा ६७ र गाउँपालिका अध्यक्षमा १२१ स्थानमा एमाले विजयी भएको हो ।

माओवादी केन्द्रले २०७४ को निर्वाचनभन्दा सुधार गरेको छ । माओवादी केन्द्रले १२० ठाँउको पालिकामा प्रमुख जितेको छ भने ३ ठाउँमा अग्रता लिइरहेको छ । माओवादीले २४ नगरप्रमुख जितेको छ भने ९६ गाउँपालिकामा नेतृत्व हात पारेको छ ।

यस्तै स्वतन्त्र र अन्य साना दलका उम्मेदवार ५० पालिका प्रमुखमा विजयी भएका छन् । जनता समाजवादी पार्टीले २५ पालिकामा जित निकालेको छ भने ७ पालिकामा अग्रता लिइरहेको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले १७ पालिकामा जित निकालेको छ भने मतगणना भइरहेका २ पालिकामा अग्रता लिएको छ । यता लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका प्रमुख जितेको छ भने ४ पालिकामा अग्रता लिइरहेको छ ।