एमालेकोभन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित

  • प्रकाशित मिति : २०७९ जेष्ठ ८, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् ।



नेपकाल एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ । मत गणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो ।