७ सय ५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कुन दलको अवस्था कस्तो ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ ८, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय ५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ३११ पालिकाको प्रमुख जितेको छ । यस्तै मतगणना भइरहेका १४ स्थानमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । यस्तै कांग्रेसले २८५ पालिकाको उपप्रमुख जितेको छ ।

यस्तै मतगणना भइरहेका १४ ठाँउमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) यो पटक दोस्रोमा खुम्चिएको छ । गत निर्वाचनमा पहिलो बनेको एमाले अहिले १९० पालिका प्रमुख जितेको छ । यस्तै मतगणना जारी रहेका १६ पालिकामा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।



यस्तै उपप्रमुख वा उपमेयरमा पनि एमाले दोस्रोमा छ । एमालेले अहिलेसम्म २१८ पालिकामा उपप्रमुख जितेको छ भने २१ पालिकामा अग्रता लिइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अहिलेसम्म १२० पालिका प्रमुखमा विजयी भएको छ भने मत गणना भइरहेका २ स्थानमा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यस्तै उपप्रमुखतर्फ माओवादीले १२५ स्थानमा जित हासिल गरेको छ भने मतगणना भइरहेका ३ स्थानमा माओवादीका उम्मेदवारले अग्रता लिइरहेकाछन् । यस्तै अन्य र स्वतन्त्र उम्मेदवारले २८ पालिकाको प्रमुखमा जित हासिल गरेका छन् भने मतगणना भइरहेका ३ स्थानमा अग्रता लिइरहेका छन् ।

यस्तै उनिहरुले १८ वटा पालिकाको उपप्रमुखमा विजयी हासिल गरेका छन् । यता जनता समाजवादी पार्टी, नेपालले २७ पालिकामा प्रमुख पद जितेको छ भने मतगणना भइरहेका ४ ठाँउमा अग्रता लिइरहेको छ । उक्त पार्टीले २९ पालिकामा उपप्रमुख पद जितेको छ भने २ ठाँउमा अग्रता लिइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले अहिलेसम्म १७ पालिकाको प्रमुख जितेको छ भने मतगणना भइरहेको २ ठाँउमा अग्रता लिइरहेको छ । यस्तै नेकपा एस ले २१ पालिकामा उपप्रमुख पद जितेको छ ।यस्तै २ ठाँउमा अग्रता लिइरहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले अहिलेसम्म १२ पालिकाको प्रमुख पद जितेको छ भने ५ पालिकामा अग्रता लिइरहेको छ । यस्तै लोसपाले ९ स्थानीय तहमा उपप्रमुख जितेको छ । अहिले मतगणना भइरहेका ४ ठाँउमा अग्रता लिइरहेको छ । अब ४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।