७ सय ९ पालिकाको मतपरिणाम सार्वजनिक, कुन दलका कति महिला सदस्य ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ ८, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ९ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । त्यसमध्य हालसम्म ६ हजार ४ सय ९३ जना महिला सदस्य निर्वाचित भएका छन् । यो निर्वाचनबाट ६ हजार ७ सय ४३ महिला सदस्य निर्वाचित हुनेछन् ।

अहिलेसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका ठाँउमध्य नेपाली कांग्रेसका २५०६ उम्मेदवार विजयी भएका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२४३ उम्मेदवार महिला सदस्यमा निर्वाचित भएका छन् । यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ९४० महिला सदस्य पदमा निर्वाचित भएका छन् ।



यस्तै जनता समाजवादी पार्टी, नेपालका २७७ उम्मेदवार महिला सदस्यमा निर्वाचित भएका छन् । यस्तै स्वतन्त्र र अन्यदलका ५ सय उम्मेदवार निर्वाचित भएका छन् । हरेक वडामा एक जना महिला सदस्य अनिर्वाय हुनुपर्ने संवैधानिक प्रावधान छ ।