ललितपुर। ललितपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ ।
पछिल्लो गणना परिणाम अनुसार उनले ३२ हजार ३८७ मत प्राप्त गरिसकेका छन् । ललितपुरमा ८५ हजार ८६१ मत खसेको थियो । अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । महर्जनका निकटम् प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् ।
त्यसैगरी, उपप्रमुखमा भने एमालेकी मन्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छिन् । उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् ।