कुन दलका खुल्ला सदस्य कति ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ ८, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ९ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । त्यसमध्य हालसम्म १२९३५ जना खुल्ला सदस्य निर्वाचित भएका छन् ।

हालसम्म नेपाली कांग्रेसका ५ हजार ८९ सदस्य निर्वाचित भएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ४४९९ जना उम्मेदवार खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १७६४ सदस्य निर्वाचित भएका छन् भने जनता समाजवादी पार्टी, नेपालका ५५० जना उम्मेदवार खुल्ला सदस्य पदमा विजयी भएका छन् ।यस्तै १०३३ जना खुल्ला सदस्य स्वतन्त्र र अन्य दलबाट विजयी भएका हुन् ।