एमबाप्पे अब पीएसजीमै रहने, भयो थप तीन वर्षको सम्झौता

  • प्रकाशित मिति : २०७९ जेष्ठ ८, आईतवार
  • नेपाल टेल

काठमाडौं। फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन पीएसजीमै बस्ने निर्णय गरेका छन्।

पीएसजी र एमबाप्पेबीच थप तीन वर्षको सम्झौता भएको हो। अब उनी सन् २०२५ सम्म यही क्लबमा रहनेछन्।



यसअघि एमबाप्पे स्पेनिस ला लिगा च्याम्पियन्स रियल मड्रिडमा जाने अनुमान गरिएको थियो। मड्रिडले पनि एमबाप्पे रियलमा आउनेमा आफू ढुक्क भएको बताएको थियो।

यद्यपी एमबाप्पे नेमार र मेस्सी रहेको पीएसजमीमै रहने भएका हुन्। रियलमा भन्दा पीएसजीमै राम्रो सेवा सुविधा र तलब हुने भएपछि एमबाप्पे पीएसजीमै बस्न सहमत भएका हुन्।