बलिया पार्टी पराजित गर्दै धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित

धरानबाट उदायो लौरो, मेयरमा हर्कराज राई विजयी

  • प्रकाशित मिति : २०७९ जेष्ठ ८, आईतवार
  • nepaltale.com

सुनसरी। बलिया पार्टीहरुलाई पराजित गर्दै धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन्।

राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ पाए।

हर्कराजले चुनावी अभियानका क्रममा एक्लै पर्चा बाँडेका थिए। साथै उनी आफैं माइकिङ गर्दैं हिँड्थे। उनी लौरो चिन्हबाट निर्वाचनमा उत्रिएका थिए।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए। उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए।