काठमाडौँ। सर्वोच्च अदालतले निजगढम अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय र कामकारबाही बदर गरेको छ ।
बिहीबार न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तराष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको हो ।
सर्वोच्चले अर्को वैकल्पिक विमानस्थल चाहिए निजगढको विकल्प खोज्न सरकारलाई आदेश दिएको हो ।
सर्वोच्चले विमानस्थल निर्माणका लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र त्यसलाई ससर्त स्वीकार गर्ने वन मन्त्रालयको निर्णयलाई पनि बदर गरिदिएको छ ।
सर्वोच्चको उक्त आदेशसँगै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव बन्द भएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले निजगढ विमानस्थल रोक्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।