काठमाडौं। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेसका १३ हजार ७४८ उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार पालिकाहरुको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य कांग्रेसका १३ हजार ७४८ उम्मेदवार निर्वाचित भएका हुन् ।
स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा बढी जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित भएको आयोगले जनाएको छ । देशभरका ७५३ पालिकाहरुमा गरिएको निर्वाचनमा कूल ३५ हजार २२१ जना जनप्रतिनिधिका लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए।
निर्वाचनबाट प्रमुखमा १४०, अध्यक्षमा १८८, उपप्रमुखमा ११०, उपाध्यक्षमा १९०, वडाध्यक्षमा २ हजार ६६३, महिला सदस्यमा २ हजार ६०४, दलित महिला सदस्यमा २ हजार ५४९ र सदस्यमा ५ हजार ३०४ जना कांग्रेसका उम्मेदवार निर्वाचित भएको आयोगले जनाएको छ ।