काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंलाई पत्नीशोक परेको छ।
बिजुक्छेकी पत्नी शोभा प्रधानको उपचारका क्रममा आज ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो।
६२ वर्षीया प्रधान २० औं वर्षदेखि क्यान्सर पीडित थिइन्। बिजुक्छे दम्पतीका दुई छोरा छन् ।