आईसीसीको नयाँ वरियतामा नेपालको यथा स्थान

  • प्रकाशित मिति : २०७९ श्रावण १२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको वरीयता यथावत रहेको हो ।



एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो ।

नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ ।

इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

पाकिस्तान चौंथो स्थानमा रहदा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ ।

टी(ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ ।