अझै केही दिन चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा

  • प्रकाशित मिति : २०७७ बैशाख २४, बुधबार
  • nepaltale.com

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । यसले गर्दा हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागका केही स्थानहरूमा साथै तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध महाशाखाले अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख २४ गते (बुधबार)
दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक बदली रहनेछ। पश्चिमी तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २५गते (बिहीबार)
दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २६ गते (शुक्रबार)
दिउँसोः मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहि बाँकि भू-भागमा आंशिक बदली रहनेछ। देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानहरूका साथै पश्चिमी भू-भागका १-२ स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा सामान्यतया सफा रहनेछ।