काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई मन्त्री पदमा नियुक्ति एवं कार्यभार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शर्मा २५ दिनपछि अर्थमन्त्रालयमा फर्किएका हुन् । २०७८ असार २९ गते अर्थमन्त्री बनेका शर्मा असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।