भोलि साँझ दीप प्रज्वलन गर्ने मन्त्रिपरिषद्को निर्णय

  • प्रकाशित मिति : २०७७ बैशाख २४, बुधबार
  • nepaltale.com

सरकारले बिहीबार साँझ देशभरि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ। बुधबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुद्ध जयन्तिको अवसर र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

सोही बैठकले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।