आजबाट इंग्लिस प्रिमियर लिग

  • प्रकाशित मिति : २०७९ श्रावण २०, शुक्रबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ ।

सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।



पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् ।