एनआरएनए मिडिया टाक्स फोर्स गठन

  • प्रकाशित मिति : २०७९ श्रावण २३, सोमबार
  • नेपाल टेल संवाददाता

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यदल) गठन गरिएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ताद्वय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन् ।



समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने मुख्य कार्य रहनेछ ।

प्रवक्ताद्वय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्य छन् ।

समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् ।

गैरआवासीय नेपाली संघको समाचार संयोजकको जिम्मेवारी नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष तथा नागरिक न्यूजका बेलायत संवादाता चिरन शर्मालाई दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

समितिमा एक दर्जन पत्रकारलाई समाचार विज्ञको रुपमा समेटिएको छ ।

गैरआवासीय नेपाली संघका महासचिवद्वय गौरीराज जोशी र केशव पौडेलको विभाग अन्तर्रगत रहेको सो समितिमा बेलायतबाट पत्रकारहरु फडिन्द्र भट्टराई, बिपिन निरौला, श्याम लुइटेल र नरेन्द्र बस्नेत छन् ।