देउवा भेट्न बाबुराम बालुवाटारमा

  • प्रकाशित मिति : २०७९ श्रावण २४, मंगलवार
  • नेपाल टेल

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रम निवास बालुवाटार पुगेका छन् ।

भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् । जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ । गठबन्धनको पछिल्लो बैठकमा यसबारे कुरा उठेको थियो ।