अन्ततः विरोधकाबीच महानगरले भत्कायो अल्फा बिटाको अवैध संरचना

  • प्रकाशित मिति : २०७९ भाद्र ९, बिहीबार
  • नेपाल टेल

काठमाडौं। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा बिटाको भुईं तल्लामा बनेका अवैध संरचना भत्काएको छ।

भुईं तल्लाका संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काइएको हो।

मेयर बालेन शाहको उपस्थितिमा ठुलो संख्यामा सुरक्षाकर्मीसहित डोजरको सहायतामा संरचना भत्काइएको हो।

अल्फा बिटाका कर्मचारीहरुले डोजरले भत्काउन लागेपछि कर्मचारीहरु लाइन लागेर अगाडि उभिएका थिए। तर, प्रहरीले तिनिहरुलाई त्यहाँबाट हटाएको छ।