नयाँ रेजिमेन्ट निरीक्षणमा बेलायती राजाले गरे गोर्खाको प्रशंसा

  • प्रकाशित मिति : २०८३ जेष्ठ २४, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयले ४ जुन २०२६ मा बेलायती सेनाको नयाँ गोर्खा रेजिमेन्ट ‘द किङ्स गोर्खा आर्टिलरी (केजीए)’ को औपचारिक गठन परेड निरीक्षण गरेका छन्।

रोयल आर्टिलरी र ब्रिगेड अफ गोर्खाजको आयोजनामा सम्पन्न समारोहमा राजा चार्ल्स तृतीय ‘इन्स्पेक्टिङ अफिसर’ का रूपमा सहभागी भएका थिए। समारोहमा २१ तोपको सलामी दिइएको थियो भने गोर्खा समुदायको परम्पराअनुसार स्वागत गरिएको थियो।



सम्बोधनका क्रममा राजाले गोर्खा सैनिकहरूको साहस, समर्पण र योगदानको प्रशंसा गर्दै नयाँ रेजिमेन्टले भविष्यमा पनि बेलायती सेनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

‘द किङ्स गोर्खा आर्टिलरी’ बेलायती सेनाको नयाँ गोर्खा रेजिमेन्ट हो, जसले आधुनिक आर्टिलरी तथा प्रविधिमा आधारित सैन्य क्षमतामा गोर्खा सैनिकहरूको भूमिका विस्तार गर्ने अपेक्षा गरिएको छ।