कमेडियन अपूर्व पक्राउ

  • प्रकाशित मिति : २०७९ भाद्र १२, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ।

सिंहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यङ्ग गरिएको थियो।