पल शाहलाई साढे २ वर्षको कैद सजाय, जबर्जस्ती करणी मुद्दामा सफाइ

  • प्रकाशित मिति : २०७९ भाद्र २१, मंगलवार
  • नेपाल टेल

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा पल शाहले सफाइ पाएका छन्।

नवलपुर जिल्ला अदालतले नायक शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद सजाय , २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति सजाए सुनाएको छ।

एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका थिए।

जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन्।

नवलपुर जिल्ला अदालतबाट सफाई पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेकाले तनहुँ जिल्ला अदालतबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन्।