बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने सरकारको निर्णय

  • प्रकाशित मिति : २०७९ भाद्र २४, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सरकारले बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत बेलायती महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।



‘संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ दृतियको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गर्दछ । यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ’, सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा हिजो निधन भएको थियो।

उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।