महावीर पुनले पाए १ करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार

  • प्रकाशित मिति : २०७९ भाद्र २४, शुक्रबार
  • nepaltale.com

काठमाण्डौँ । नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो।

आवासीय नेपाली बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई/दुई वर्षमा प्रदान गरिनेछ।

पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ।