गैह्रकानुनी विदेशी कम्पनीको प्रवर्द्धन गर्दै नेपाली सेलिब्रेटी

  • प्रकाशित मिति : २०७९ आश्विन ८, शनिबार
  • नेपाल टेल

काठमाडौं। नेपालमा लगभग दर्जन हाराहारीमा राइड सेयरिङ प्लेटफर्महरू खुलेका छन् तीमध्ये केही विदेशी छन् भने केही स्वदेशी नै । पछिल्लो समय सामाजिक सञ्जालमा एक विदेशी राइड सेयरिङ प्लेटफर्मले धेरै नै विज्ञापन गरेको देखिन्छ । त्यो हो इनड्राइभर ।

रसियाबाट सुरु भएर अहिले अमेरिकामा मुख्य कार्यालय भएको उक्त कम्पनीले नेपालसहित ४५ वटा देशका ६४५ भन्दा बढी सहरहरूमा आफ्नो सेवा सुचारु गरेको जनाएको छ । तर नेपालमा विदेशी कम्पनीले सेवा सुरु गर्दा पालना गर्नुपर्ने न्यूनतम सर्तहरू यस कम्पनीले पालना गरेको छैन । नेपालमा गैह्र कानुनी रूपमा सञ्चालनमा रहेको उक्त कम्पनी सेवा प्रवर्द्धनमा नाम चलेका सेलिब्रेटीहरूनै जोडिएका छन् ।

यो समाचार तयार पार्दासम्म गायक प्रताप दास र गायिका सुवानी मोक्तानले आफ्नो सामाजिक सञ्जालबाट उक्त कम्पनीको प्रचार गरेको पाइएको छ । दुवैले एकै प्रकारका शब्दहरूले प्रयोग गरेर पोस्ट गरेका यो प्रमोशनल पोस्ट हो भन्नेमा दुबिधा छैन ।