‘प्रेम गीत-३’ले २ दिनमा कति कमायो?

  • प्रकाशित मिति : २०७९ आश्विन ९, आईतवार
  • नेपाल टेल

काठमाडौं । प्रेमगीत ३’ फिल्मले विश्वव्यापी रुपमा सुरुवाती २ दिनमा १४ करोड बढी कमाएको छ।

नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो।

भारतमा फिल्मको हिन्दी संस्करणले भने दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ ।

ओभरसिजमा दुई दिनमा सो फिल्मले २ करोड ९० लाख भारु कमाएको छ ।

नेपालमा हाल ‘प्रेमगीत ३’ले नेपाली संस्करण मात्रै हलहरुमा चलिरहेको छ। भोलिदेखि हिन्दी संस्करण पनि रिलिज हुने छ।